११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विशङ्खु नारायणमा मेला भर्न भक्तजनको घुइँचो




१९ कात्तिक ०७९,गोदावरी । गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्वपूर्णरुपमा यो एकादशीलाई लिइन्छ । यस उपलक्ष्यमा उपत्यकाका चार स्थानमा अवस्थित नारायण मन्दिरमा पूजा अर्चनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ ।
ललितपुर गोदावरी २ विशङ्खु नारायणका ईश्वर चन्दुकारले यस क्षेत्रमा परम्परागत रुपमा नै भक्तजनको भीड लाग्ने बताए । उनले भने, “भगवान विष्णुले दानवबाट भगवान शिवलाई बचाएको हुनाले त्यस ठाउँलाई विशङ्खु नारायण नाम हुन गएको मान्यता छ ।”
यस अवसरमा भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्गुनारायण र ललितपुरमा पर्ने विशङ्खुनारायणमा विशेष पूजा अर्चना र भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।
विशङ्खुनारायण उपत्यकामा पर्ने चार नारायणमध्ये जेठोेमा पर्छ जहाँ वर्षमा एकचोटी ठूलो मेला लाग्छ । साथै धेरै टाढाबाट यहाँ भक्तजन पूजाअर्चनाको लागि आउने गर्छन् । “ मेलामा बिहानदेखि पूजा सामग्री, बदाम, सख्खरखण्ड र फलफूल तरकारी बिक्री हुन्छ”, गोदावरी १ की दुर्गा महर्जनले बताइन् ।


संस्कृतविद् विनयकुमार झाको भनाइअनुसार हरिशयनी एकादशीको दिन घर घरमा रोपिएको तुलसीलाई आज साँझ दुलहीझैँ सिङ्गारी विशेष पूजा अर्चना गरी विवाह गरिदिने प्राचिनकालदेखि नै परम्परा चली आएको छ । घरघरमा तुलसीको मठलाई गाईको गोवर, रातो सेतो माटोले लिपपोत गरी विभिन्न कला संस्कृतिका फूलबुट्टाका चित्र मठमा वनाउने चलन हुन्छ । विष्णु भगवान तथा तुलसी मातालाई पहेलो वस्त्र साथै सोह्र शृङ्गार साथ फूलमाला, प्रसाद, अक्षता, दूवो आदिसाथ विधिपूर्वक पूजा गरिन्छ । भगवान विष्णुको प्रतिकको रुपमा वरिपरी निगालो गाडी तुलसीको विवाह साँझ गरिन्छ ।
भक्तजनले भगवान विष्णुको जागरण दिन भएको हुनाले विश्वासका साथ आज व्रत लिई राति जाग्रराम वसेर हरिनाम सङ्कीर्तन गर्ने प्रचलन रहेको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजा गरेर हवन गरी चर्तुमास भगवान विष्णुको रुपमा अङ्कितद्वार पूजा गराई तुलसीको विर्सजन गरिन्छ ।

हरिशयनी एकादशीदेखि आज अर्थात् हरिवोधनी एकादशीसम्मको चार महिनासम्म तुलसीको व्रतगरी विशेष पूजा अर्चना हुन्छ । आजको दिनदेखि कुनै पनि माङ्गलिक कार्य ज्योतषीयरुपमा गर्न खुल्ला हुन्छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक तथा सामूदायिकरुपमा प्रमाणित भएको छ ।
ललितपुर जिल्ला गोदावरी नगरपालिका १ वाहुनचौरका पण्डित राम आचार्यले हरिवोधनी एकादशी वा कुनै एकादशी व्रत गर्नाले पूण्य प्राप्त हुने बताए । यस दिन देव उठाउने अर्थात् भगवान विष्णु जगाउने दिन पनि भनिने पण्डित आचार्य बताउछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : १८ बजे