८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका विकाशका लागि नवराज सिलवालले अघि सारे नयाँ एजेण्डा



ललितपुर खबर
१९ कात्तिक ०७९, ललितपुर । दक्षिण ललितपुरको विकाशका लागि नेकपा एमालेका उम्मेदपार नवराज सिलवालले नयाँ एजेण्डा अघि सारेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित पत्रकारसँग साक्षत्कार कार्यक्रममा सिलवालले भट्टेडाँडामा विमानस्थल बनाउने, लिच्छवीकालीन शहर चापागाँउलाई पुरातात्विक ढंगबाट विकाश गर्ने,लेले चन्दनपुरलाई धरान चतरासम्म जोड्ने, लेले बगुवा चन्दनपुर सडकलाई रिङरोड बनाउने,गोदावरी मानेचौर सुरुङमार्ग निर्माण,दलचोकीलाई नगरकोटजस्तै पर्यटकीय स्थलहरु निर्माण गर्ने,माल्टामा सिमेन्ट कारखाना स्थापना, खोला किनारमा वागमती,गोदावरी,कर्मनासा कोरिडोर निमार्णजस्ता एजेण्डा अघि सारेका छन् ।
उम्मेदवार सिलवालले चापागाँउ लेले चन्दनपुर सडकलाई ठूलादुर्लुङ फापरवारी धरान चतरासम्म विस्तार गरेर राष्ट्रिय राजमार्गको रुपमा विकाश गर्ने योजना बनाएको बताए । उनले यसका लागि राष्ट्रिय योजनाा आयोगमा छलफल समेत गरेको बताए ।
चापागाँउलाई लिच्छवीकालीन शहर रहेको सन्दर्भमा यसलाई यही ढंगबाट विकाश गर्ने उनको अर्को योजना छ । यहा अनुसार यसका लागि केपी ओलि सरकारको बेला डिपिआर निर्माणा गरिएको छ । डिपिआर अनुसार यसरी पुरानो शहरको रुपमा विकाश गर्न ५५ करोड बजेट आवश्यक छ ।

यहाँ बहाल,फाल्चा, मठमन्दिरहरु पुर्ननिर्माण,पोखरी,ढुगेधाराहरु लिच्छवीकालीन स्वरुपमा पुर्ननिर्माण गर्ने योजना छ । बज्रवाराही जंगललाई लण्डनको हाइट पार्कजस्तै हिड्नेबाटो र चारैतिर दुवो, फूलहरु लगाएर सझाइनेछ । यहाँ बस्ने र वालवालिकाहरुलाई खेल्ने ठाँउ बनाउने योजनाा छ ।

ललितपुरको भट्टेडाँडाको तीनपाने जंगलमा आन्तरिक विमानस्थल निर्माण गर्ने अर्को योजना सिलवालले अघि बढाउने भएका छन् । विज्ञहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल साँधुरो हुँदै गएको सन्दर्भमा एक घण्टाको दुरीमा अन्तरिक विमानस्थल निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यहाँ विमानस्थल निर्माण गर्दा २हजार ३ सय मिटरको रनवे बनाउन सकिने अवस्था विज्ञहरुको सल्लाह रहेको छ । विमानस्थल बनाउदा यहाँबाट ६ अर्व बराबरको निर्माण सामाग्री समेत प्राप्त हुने उनीहरुको भनाई छ ।

गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने सुरुङमार्ग अर्को नयाँ एजेण्डाको रुपमा सिलवालले अघि बढाएका छन् । उनका अनुसार अघिल्लो केपी ओली सरकारको पालामा बजेट हालेको छ । अहिले यो आयोजनाको अध्ययन भइरहेको छ । यो सडक काभ्रेको नमोवुद्ध पनौतीसम्म जाोडेर पर्यटकीय गन्तव्यहरुलाई सहज बनाउन सकिन्छ । यस योजना पुरा हुँदा फुल्चोकी जलाधार र दलचोकीसम्मको गन्तव्य सहज हुन्छ ।
उचाईबाट हेर्दा कालेश्व्र मन्दिर

दक्षिण ललितपुरको पर्यटकीय स्थलहरुको विकाश उनको अर्को एजेण्डा हो । दलचोकीलाई नगरकोट झैं विकाश गरिने, कालेश्वर,गुप्तेश्वर गुफा, चमेरे गुफा, वैतर्णीधाम,फुलचोकी र माझखण्डलाई एकीकृत पर्यटकीय विकाशका लागि योजना ल्याउने उनको भनाई छ ।


माल्टा डाँडा गाँउमा रहेको क्लिङ्कर खानी चलाउने उनको अर्को योजना छ । यसका लागि खानीखोला विद्युत आयोजनाले प्रशारण लाइनसँगै विद्युत सवस्टेशन निर्माण गरेको छ । नीजि क्षेत्र अघि बढे पनि यो उद्योग लामो समयदेखि सञ्चालन हुन सकेको छैन ।
यहाँको क्लिङ्कर युरोपको ल्यावमा परिक्षण गर्दा गुणस्तरिय रहेको बताइएको छ ।

उनले ललितपुरमा करिडोर निर्माण सुरु गरिने योजना सुनाए । वागमती करिडोर अन्र्तगत फर्सिडोल,डुकुछाप,घुसेल। झागलकोट हुँदै माल्टा जोड्ने योजनाा अघि बढारहेको र यसलाई विस्तार गरिने बताए ।गोदावरी खोला करिडोर, कर्मनासा र नख्खु करिडोरलाई पनि विस्तार गर्ने योजना अघि बढाइने योजना छ ।
उनले आफ्नो संसदीय कार्यकालमा गोदावरीमा देशकै ठूलो गोदावरीमा सनराइज अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, दुर्गम मकवानपुर र दक्षिण ललितपुरमा ३ वटा मोटर गुड्ने पुल निर्माण,प्युटारमा थाङसिङटार पालिका अस्पताल निर्माण, भट्टेडाँडा अस्पताललाई २५ शैयाको अस्पतालमा स्तरोन्नती, बज्रवाराही चापागाँउ अस्पताललाई जिल्ला अस्पताल निर्माण, भागावनलाई पर्यटकीय स्थल निर्माण वगुवा चन्दनपुर सडकलाई कालोपत्रे सहित निर्माण सुरु, विर्केधारा,शंखु, इकुडोल माझखण्ड आश्राङ सडक निर्माण सुरु, छपेली इकुडोल आश्राड सडक सुरु जस्ता ललितपुरको विकाशका आधार तयार गरेको बताए ।

उनले ललितपुरमा जितसँगै देशको नेतृत्व गर्ने अवसर एमालेले पाए ललितपुरको अनुहार पुरै फेरिदिने बताए । उनले भने, ‘हामीले यति धेरै काम गरेका छौं । तर प्रतिपक्ष चाही ५ बर्ष केही नगरेको भन्दै गलत प्रचार गरेर हिडेका छन् ।’ उनले दावी गरे, ‘यो झुटको खेती यहाँका जनताले बुझिसकेका छन् ।’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १२ : १५ बजे