११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नौ दिनमा ललितपुरमा थप ३९ जनामा डेंगु



२४ कात्तिक ०७९, ललितपुर। पछिल्ला ९ दिनमा ललितपुरमा ३९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय २१, भक्तपुरमा ४२ र ललितपुरमा ३९ गरी उपत्यकामा ३ सय २ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा मुलुकभर ६७ जिल्लामा १ हजार १ सय ६६ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । डेंगीबाट १० जिल्ला बढी प्रभावित छन् । यी जिल्लामा मात्रै ८४ प्रतिशत संक्रमित छन् । काठमाडौंमा १३ हजार ७ सय ८७, ललितपुरमा ९ हजार ५ सय २२, भक्तपुरमा ५ हजार ४ सय ८९, मकवानपुरमा ५ हजार ३ सय ४७, चितवनमा २ हजार ६ सय २७, दाङमा २ हजार ३ सय ८८, धादिङमा १ हजार ४ सय ११, रूपन्देहीमा १ हजार १ सय ९५, काभ्रेपलाञ्चोकमा ५ सय ३६ र सुर्खेतमा ४ सय ७७ जनामा संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयूमा ३ जना डेंगी संक्रमित भर्ना छन् । त्यहाँ दिनहुँ पुग्ने ज्वरोका ५० बिरामीमध्ये बहुसंख्यक डेंगीबाट संक्रमित छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १ : ३५ बजे