१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डा. तोसिमाले सागरलाई भनिन्, संजोक पनि कति मिठो




२६ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ कि उम्मेदवार डा.तोसिमा कार्कीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध निर्वाचनमा होमिएका सागर ढकालसँगको संजोक मिठो रहेको स्मरण गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै डा.कार्कीले ५ वर्षअघि साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सँगै प्रश्न गरेको सम्झना गर्दै उनले त्यसको उत्तर नआएको र आफू ललितपुर र ढकाल डढेल्धुराबाट निर्वाचन लडेको उल्येख गरेकी छिन् ।
उनले आफू डडेलधुरासम्मै पुगेर चुनावी अभियानमा सरिक हुन निकै मन लागेको तर निर्वाचन नजिकै आईसकेकोले आफू पनि अझै उम्मेदवारीको लडाई लडिरहेको बताएकी छिन् । उनले भनेकी छिन्,तपाईलाई पनि विभिन्न ढङ्गले रोक्ने छेक्ने प्रयास भईरहेको देखिरहेको छु्र तपाई कत्ति पनि नआत्तिनुहोला्र हामी साथ छौँ्र ।
उनले जनताको आर्शिवादले अब अर्को भेट संसद भवनमाहुने अपेक्षा गरेकी छिन् ।
गत पाँच बर्षअघि साझा सवालमा सागर ढकालले प्रधानमन्त्री देउवासँग अक्पोर्ड विश्व विद्यालयका पढ्ने जस्तै योग्य व्यक्ति प्रधानमन्त्री कहिले हुने भनेर प्रश्न गरेका थिए भने डा. कार्कीले गोविन्द केसीले राखेका जायज माग कहिले सम्बोधन गर्नु हुन्छ भनेर प्रश्न गरेकी थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।