११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर छम्पीको घरदैलोमा एमाले अध्यक्ष केपी ओली पुगेपछि…




२९ कात्तिक ०७९, ललितपुर । ललितपुरको छम्पीको चुनावी घरदैलोमा एमाले अध्यक्ष केपी ओली पुगेर ललितपुरबासीलाई सरप्राइज दिएका छन् ।
ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवाल र चेतनाथ सञ्जेललाई छक्क पार्दै अध्यक्ष ओली जनताको घरदैलोमा पुगेका हुन् ।
छम्पीमा १५ मिनेट समय बिताएका ओलीले ७ मिनेट सम्बोधन समेत गरे । उनले बोल्दै ललितपुर १ मा नेकपा एमाले बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधा नभएको बताए । उनले भने,”एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६÷१७ महिनाभित्र देशलाई बरर्बा गरेको छ । केपी ओली छम्पी पुगेपछि हेर्नेको धुइरो लागेको थियो ।
ललितपुर भैसेपाटी पुगेका ओली एक्कासी छम्पी जाने योजना बनाएका थिए । उम्मेदवार सिलवाल र सञ्जेलको मनोबल बढाउन अध्यक्ष ओली आएका हुन् ।
यसरी उम्मेदवारसँग जनताको घरदैलोमा पुगेको ओलीको यो पहिलो घटना भएको बताइएको छ ।
घरदैलो कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, स्थायी कमिटी सदस्य सुशीला नेपाल समेत सहभागी थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : १५ बजे