१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सट्टेबाजी गर्ने ५० जना त्रिवि क्रिकेट मैदानबाट पक्राउ



२ मंसिर ०७९, काठमाडौं । नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गर्ने ५० भन्दा बढी पक्राउ परेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लाइभ बेटिङ गर्ने ५० जनालाई कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।

खेल हेर्ने बहानामा मैदानमा सट्टेबाजी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई सीआईबी र केहीलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ।
प्रहरीले पक्राउ परेकाहरुको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।