१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पम्फा भुसालले तोसिमालाई दिइन बधाई



८ मंसिर ०७९,ललितपुर । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई पम्फा भुसालले बधाई दिएकी छन् । उनले फेसबुकमा भनेकी छन्, ‘ललितपुर क्षेत्र नंबर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी तोसिमा कार्कीलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना । संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा मेरो सहयोग रहनेछ ।’
यस्तै उनले निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्ति, गठबन्धनमा सहभागी दल, नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, प्रतिनिधि, पर्यवेक्षक साथै पत्रकार लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।
उनले थपेकी छन्,‘मलाई विश्वास गरेर मत दिनुहुने जनताप्रति आभारी छु। यो निर्वाचनमा जनताले दिएको मतको हार्दिक सम्मान गर्दछु साथै ललितपुर –३ र सिङ्गो नेपालको विकास र जनताको समृद्धिको लागि सदैव यहाँहरुको साथमा हुनेछु ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : १६ बजे