१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ मा विजयी राणा मतदातालाई धन्यवाद दिन ३० वटै वडामा पुग्ने



८ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा विजयी उदय शम्शेर राणाले मतदातालाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम सुरु गरेका छन् । उनले ३० वटै वडामा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम सुरु गरेको बताइएका छन् । उनले भनेका छन्, ‘हामीलाई विश्वास र भरोसा गरेर अमूल्य मत दिनुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद । यहाँहरुले गर्नुभएको माया, सद्भाव, सहयोग र शुभेच्छाका लागि हृदयदेखि आभारी छु ।’
४ हजार ६२६ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै उनी विजयी भएका थिए। राणाले २३ हजार ८९२ मत प्राप्त गर्दा सिलवालले १९ हजार २६६ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ०९ बजे