१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा दुई जनाको मृत्यु




९ मंसिर ०७९, काभ्रेपलाञ्चोक । काभ्रेमा दुई जनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ तिनधारा बस्ने ६० वर्षीया कृष्ण देवी कारन्जितको रिजर्ब ट्याङ्कीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
छिमेकीको बन्दै गरेको घरको रिजर्ब ट्याङ्कीमा डुबेर अशक्त भएका उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पनौती नगरपालिका १२ चुचेढुङगास्थित रोशी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : २८ बजे