१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भूमि आयोगले भन्यो,‘काठमाडौंको सुकुम्बासी नहटाउनु’




१६ मंसिर ०७९, काठमाडौं । भूमि आयोगले काठमाडौंको सुकुम्बासी बस्ती नहटाउन भनेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै गत भदौं ३१ गतेबाट निर्वाचन आचार संहिता लागू भएपछि सुकुम्बासी तथा स्ववासीहरुलाई लालपुर्जा वितरणको काम रोकिएको भन्दै निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना प्रकाशित गरे लगत्तै सुकुम्बासीहरुको व्यवस्थापनको काम सुरु गर्ने बताएको हो ।
आयोगले देशभरका स्थानीय तहहरुलाई तत्काल लगत संकलन, प्रमाणिकरण,निस्सा वितराण,नापजाँच र लालपुर्जा वितरणका लागि तयारी गर्न भनेको छ ।
आयोगले लगत संकलन र प्रमाणिकरण नभएसम्म कुनै पनि सुकुम्बासीलाई नहटाउने कार्य नगर्न र नगराउन सूचित गरेको हो । पछिल्लो समय काठमाडौं महानगरले थापाथलीका सुकुम्बासीको बस्ती हटाउन डोजर लिएर पुगेपछि झडप भएको थियो ।


सुकुम्बासी बस्ती हटाउने महानगरको योजनासँगै काठमाडौ. विकाश प्राधिकरणले पनि ३५ दिने सूचना प्रकाशन गर्दै राजधानीका बस्ती हटाउन सूचना निकालेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।