२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु



१६ मंसिर ०७९, भक्तपुर । भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । भुवन श्रेष्ठको साढे चार तले पक्की घरबाट खसेर उनका छोरा १७ वर्षीय भुमिल लाल श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।