१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ र सूर्यविनायकमा एक एक जना मृत फेला




१९ मंसिर ०७९, ललितपुर । ललितपुरको चापागाँउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका ११ चापागाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ५० वर्षीय कान्छा तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

साथै भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक गणेश मन्दिर जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २७ बजे