१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयारः प्रधानमन्त्री



२० मंसिर ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् । मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्रीलाई बालुवाटारमा मेलम्ची खानेपानीको बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि देउवाले यस्तो बताएका हुन् । उनले मेलम्ची खानेपानी काठमाण्डौका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाण्डौमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए ।

उनले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुसी व्यक्त गरे । प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताए । उनले मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवसहितका विज्ञ टोली राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेका थियो । अवलोकनपछि टोलीले त्यहाँको समस्याका बारेमा र काठमाण्डौवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।