१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी



२० मंसिर ०७९, काठमाडौं । मेलम्ची खानेपानी सुन्दरीजल आइपुगेको छ। सुन्दरीजल आइपुगेको पानी पूर्वनिर्धारित समयमै मेलम्चीको पानी वितरणका लागि पठाने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ ।

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो । बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।

पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ । २०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ४४ बजे