१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै




२१ म्ंसिर ०७९, मकवानपुर । ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव मेला हुने भएको छ । ओमशक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलमा सो महोत्सव तयारीबारे जानकारी गराइएको छ । यही मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म भीमफेदी वडा नं १ को खोप्लाङमा महोत्सव मेला आयोजना हुने बताइएको छ ।
सो महोत्सवमा स्थनीय व्यापार व्यवसाय, हस्तकला, उत्पादित सामग्रीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन हुने विश्वासले सो महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । प्रालिका अध्यक्ष अजित राईले उक्त महोत्सवमा दुई सय व्यापारिक कक्ष रहने बताउँदै महोत्सवमा राष्ट्रिय कलाकार धीरज राई, बद्री पङ्गेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहानलगायत कलाकारको कला प्रस्तुति हुने जानकरी दिएका छन् ।
मेलामा वाल उद्यम, विभिन्न खेलकुद, खाना, लत्ताकपडा, स्थानीय उत्पादन, कृषि प्रदर्शनीलगायतका व्यापारिक कक्ष रहने अध्यक्ष राईले बताए । सो अवसरमा भीमफेदी गाउँपालिका–१ का अध्यक्ष सोमबहादुर स्याङ्तानले ग्रामीण क्षेत्रको समग्र विकासमा यस मेला महोत्सवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : १६ बजे