१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको लोकञ्थलीबाट दिउँसै चोरी गर्दा गर्दै युवक पक्राउ



स्केज: कोपिला दुलालललितपुर खबर

२१ मंसिर ०७९, भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट सुनका विभिन्न गरगहना चोरी गर्दा गर्दै एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेशी नगरपालिका ९ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २७ वर्षीय सिजल तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थान डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका ४१ वर्षीय हरिबाबु कार्कीको कोठाबाट करिब ३ लाख ५९ हजार बराबरको सुनका विभिन्न गरगहना चोरी गर्दै गरेको अवस्थामा सिजललाई फलामको रड १ थान सहित स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : २९ बजे