१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिकी दीपाको शङ्कास्पद मृत्यु



२२ मंसिर ०७९, काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । २०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षले माग गरेर सङ्घर्ष गरिरहेका छन् ।

दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले जानकारी दिए । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : १४ बजे