१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको भृकुटीमण्डपमा भृकुटीको शालिक अनावरण



२२ मंसिर ०७९, काठमाडौं ।  काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गरेकी छन् ।

“२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाम मात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो”, उनले भनिन्“सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो ।” उनले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ५५ बजे