१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा १२ महिना नै पानी वितरण गर्छौः मन्त्री चौधरी



२३ मंसिर ०७९, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।

महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौंमा अस्थायी रूपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे।

‘हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नेछौं’, उनले भने।

उनले विज्ञहरूको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले वर्षात सकिएपछि पानी वितरण गरिएको बताए।

बागमतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रूपमा पानी खान सकिने धारणा राखेाका थिए। त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : २९ बजे