
२६ मंसिर ०७९, ललितपुर । ललितपुरकी नवनिर्वाचित सासंद डा. तोसिमा कार्कीले सरकारले ल्याएको अध्यादेशको विरोध गरेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै डा. कार्कीले बहुमत पुर्याउनकै लागि कुन हद सम्म जान सक्ने ? भन्दै प्रश्न समेत गरेकी छिन् ।
उनले भनेकी छिन्,‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन यो कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने सम्मको निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! अनि यहि नेतृत्वबाट हामीले जनताको लागि के अपेक्षा गर्ने ?’
उनले विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनु नहुने बताउदै देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक रहेको उल्येख गरेकी छिन् उनले भनेकी छिन्,‘तत्काल यो अध्यादेश सच्याईयोस्÷खारेज गरियोस् !!’
२६ मंसिर २०७९, सोमबार
0
Shares








प्रतिक्रिया