२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बाजाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्या



२७ मंसिर ०७९,काठमाडौं ।  काठमाडौंको बाजाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।
उनको टाउकोमा गम्भीर चोट देखिएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताएका छन् ।
उनका श्रीमान्को मृत्यु भइसकेको छ । मृतक डिल्लीकी चार छोरी र एक छोरा भएपनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् ।
उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।