१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रत्नर्पाकको काठमाडौँ भ्यू टावर निर्माण ७० प्रतिशत पुरा




२८ मंसि ०७९, काठमाडौं । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ ।
समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म पनि यो भ्य टावर पुरा भएको छैन ।
स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौँ महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।
निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको महानगरको भनाइ छ । सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ ।
महानगरले निर्माण सुरु गरेको समयदेखि ३० वर्षका लागि दिइएको हो, निर्माणको अवधि पाँच वर्ष राखेको भए पनि पाँच वर्षमा निर्माण सम्पन्न नभएको अवस्थामा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नगरेकाले महानगरले कारबाही गर्ने अवस्था नरहेको जनाएकोे छ ।

अर्को कम्पनीलाई दिइहाल्ने अवस्था छैन, कम्पनीले महानगरलाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक रु एक करोड रकम महानगरलाई तिर्नुपर्ने हुन्छ । उक्त रकम आजसम्म तिरिरहेको महानगरको भनाइ छ ।
महानग।को निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार महानगरले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम सकिसक्नुपर्ने भए पनि नसक्दा के गर्ने उल्लेख नभएको र समग्रमा तीस वर्षका लागि दिएकाले निर्माण कम्पनीलाई कारबाही गर्न मिल्ले अवस्था नरहेको हो ।
स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कलासंस्कृति झल्किने किसिमको हुनेछ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो ।
त्यसैगरी टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ ।
टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ ।
सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । सोही अनुसार १२ तले भ्यू टावरको सोही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्नुभएको थिए ।
बसपार्क सञ्चालन गर्न समस्या
हाल भ्यू टावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साबिक पुरानो बसपार्क काठमाडौँ भ्यू टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ ।
निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै महानगरले यस विषयमा छलफल सुरु भएको जनाएको छ । २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साबिककै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्मााणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ ।

टावर निर्माणको कामअन्तर्गत सुरुको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन ।

आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : २९ बजे