२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज काठमाडौं महानगरले स्थापना दिवस मनाउँदै, वसन्तपुरमा मुल समारोह कार्यक्रम



२९ मंसिर ०७९, काठमाडौं । आज काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।महानगरले एक सूचना जारी गर्दै आज नियमित सेवा प्रवाह नगर्ने जानकारी पनि दिएको छ ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।