१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर चौतारीद्धारा नवनिर्वाचित सांसदलाई सम्मान




सुभानु आचार्य
२९ मंसिर ०७९,ललितपुर । प्रेस चौतारी ललितपुरले नवनिर्वाचित सांसदलाई विहीबार सम्मान गरेको छ ।
कार्यक्रममा ललितपुर क्षेत्र नं १(१) का सांसद मधुसुदन पौडेल, ललितपुर २ प्रतिनिधि सभाका सांसद प्रेम महर्जन, सो क्षेत्र २ (१) का प्रदेश सभाका सांसद रामेश्वर श्रेष्ठ, ललितपुर ३ (१) प्रदेश सभाका सांसद रघुनाथ महर्जन र सो क्षेत्र नं ३ (२) प्रदेश सभाका सांसद प्रेमभक्त महर्जन र ललितपुरमा प्रदेश सभाबाट समानुपातिक तर्फ विजयी हासिल गर्न सफल सांसद अप्सरा चापागाईँलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्वाचनका क्रममा प्रचारप्रसारमा सहयोग गर्ने जिल्लाका २२ जना पत्रकारलाई समेत सम्मान प्रदान गरिएको छ ।
चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले काठमाडौंको तीन उपत्यकामध्येमा ललितपुरले नौ जना सांसद पदका उम्मेदवारमध्ये पाँचलाई सांसद पदमा निर्वाचित भएकोमा खुशी व्यक्त गरे । उनले भने, “जिल्लाका चौतारी निकटका पत्रकारको मेहनतका कारण ललितपुरका नेताले गौरव गर्न लायक बनेको छ ।” पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका अन्य शिर्ष नेताले समेत ललितपुरप्रति गर्बको महसुस गएको बस्नेतको बुझाइ छ ।
जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्यले चौतर्फी घेरबन्दीको बीचमा सो किसिमको नतिजा ल्याउनु सुखद पक्ष रहेको दाबी गरे । उनले भने, “ जिल्लामा गठबन्धन नभएर एक्ला एक्लै लडेको खण्डमा हामीले ललितपुरलाई लालकिल्ला बनाउने निश्चित थियो ।” सो किसिमको अवस्था हुँदाहुँदै पनि नौ सांसद पदका उम्मेदवार मध्येमा पाँचले विजय हासिल गर्नु भनेको पनि निकै सकारात्मक पक्ष रहेको आचार्यले जिकीर गरे ।
निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले जितमा प्रेस चौतारी ललितपुरका साथीहरुको मुख्य भूमिका देखिएको प्रशंसा गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।