१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



२९ मंसिर ०७९, काठमाडौं । बसको ठक्करबाट स्वयम्भू ठाडो भ¥याङमा मोटरसाइकल चालकको मृत्‍यु भएको छ । बिहीबार बिहान काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठाडो भ¥याङमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.१ प ७६३ नम्बरको पर्यटक बसले बाग्मती प्रदेश ०२–०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट सिन्धुली मरिण गाउँपालिका–३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : ०७ बजे