१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिसिद्धिमा चित्रकला प्रतियोगिता




सुभानु आचार्य
१ पुस ०७९,ललितपुर । ललितपुर महानगरपालिका वडा नं २८ र २९ हरिसिद्धिका र क्षतिज सेकेण्डरी बोर्डिन स्कुलको आयोजनामा मुलुकभरको संस्कृति तथा सम्पदा जगे्रणा गर्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।
मुलुकभर रहेका वस्तुको संरक्षणका लागि चित्रकला प्रतियोगिता आयोजना गरेका हो ।
सो चित्रकला प्रतियोगितामा ६२ बालबालिकाले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा बानेश्वर सुविधानगरको हिमालयन हवाइट हाउस स्कुलकी छात्रा नोरिस श्रेष्ठ प्रथम, ग्वार्खुको आद्रर्श विध्यासदनकी छात्रा आरती चौधरी दितीय भएकी थिइन् । गोदावरीको डल्फिन सेकेण्डरी बोर्डिन स्कुलकका छात्र सन्देश रुम्बा तृतीय भएका छन्
कार्यक्रममा प्रथम हुनेले रु आठ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने दितीय हुनेले रु चार हजार र तृतिय हुनेले रु दुई हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा चित्रकलाको मुल्याङ्क चित्रकार अजय देशार लगायतका विज्ञले गरेका थिए ।

नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले चित्रकला मार्फत बालबालिकाको मनोविज्ञान प्रस्फुटन हुने भएको प्रतियोगिता आवश्यक रहेको बताए ।
स्कुलका प्रधानाध्यापक भुवन महर्जनले मुलुकका मूर्त तथा अमूत सांस्कृतिक सम्पदा बारे बालबालिकाको के कस्तो बुझाइका साथै भावना रहेको छ भन्ने कुरा जान्नका लागि एक दिवसीय चित्रकला प्रतियोगिताको आयोजना गरेको बताए । उनले भने, “यस प्रतियोगितामा ललितपुरका विद्यालय मात्रै नभएर काठमाडौं उपत्यका भित्र सञ्चालीत विद्यालयका विद्यार्थीले समेत भाग लिएका छन् । चित्रकला मार्फत मानिसको भावना प्रकट हुने भएकाले यसलाई बढावा दिनुपर्ने हाम्रो बुझाइ रहेको छ ।” सो कार्यक्रममा काठमाडौं उपत्यकाका २४ विद्यालयका विद्यार्थीले भाग लिइरहेका महर्जनको भनाइ रहेको छ ।
सो चित्रकला प्रतियोगितामा प्रथमका साथै दितीय र तृतिय हुन सफल भएका बालबालिकालाई विद्यालयले मुलुक बाहिर पनि चित्रकला आयोजना हुँदा पठाउन पहल गर्ने शिक्षक महर्जनले बताए ।
ललितपुर नगर प्याव्सनका अध्यक्ष हिरा महर्जनले चित्रकला मार्फत बालबालिकाको शिप बढ्ने धारणा राख्दै यस्ता कार्यक्रम अझ निकै जरुरी रहेको बताए ।
चित्रकार देशारले चित्रकला भनेको यस्तो विद्या हो जसले मनको कुरा दिमागमा राखेर चित्र मार्फत बाहिर प्रस्फुटन गर्ने कुरा उल्लेख गरे ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : १५ बजे