१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गैह्रीगाउँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



प्रतिकात्मक तस्बिर

१ पुस ०७९, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
आज बिहान करिब पौने ६ बजे बा५ख ५६२२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  २ : ३९ बजे