१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सरकारको अनुहार हेरेर मेट्रो आउँदैन: चिरिबाबु महर्जन



२ पुस ०७९, काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्।शनिबार ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन्।

मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुनेमा उनको तर्क थियो। उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए।

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए। मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ५९ बजे