७ पुस ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाले संसदमा आफ्नो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिने बताएका छन् ।
बिहीबार सपथ ग्रहणपछि उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सांसदका रूपमा सपथ लिएको छु। मेरो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिनेछु। कानुन निर्माण र देशको समग्र विकासकालागि संसदमा प्रभावकारी भुमिका निर्वाह गर्दै जनता र देशप्रति इमान्दारीतापूर्वक उभिनेछु। ममाथि भरोसा गरेर बिजयी गराउनुहुने ललितपुर१ मतदातालाई हृदयदेखि धन्यवाद ।’
मंसिर ५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उदय शमशेर राणाले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गर्दै विजयी भएका थिए ।
प्रतिक्रिया