९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठाेक्किँदा एक जनाकाे ज्यान गयाे



९ पुस ०७९, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । घाइते सुनारको उपचारका क्रममा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बेलुकी ज्यान गएको हो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ३ : ०१ बजे