९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रजातन्त्र सेनानी चित्रकारको सम्झनामा ह्वील चियर हस्तान्तरण




१० पुस ०७९,काठमाडौं । प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको सम्झनामा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । काठमाडौंमा तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो ।
मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई शनिबार सम्पन्न श्रद्धाञ्जलीसभामा ह्वील चेयर हस्तान्तरण गरिएको हो ।
काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जली सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गिय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याउनु भएको योगदानको खुलेर प्रसंसा गरेका थिए । चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको संसाद श्रेष्ठले सभामा सुनाए ।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षती पुगेको बताए ।
काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्नेभएपछि विरामीहरुलाई ह्वील चेयर र स्टेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएका छन् ।
श्रद्धाञ्जली सभामा कामनापा वडा नं. २५ का अध्यक्ष राजेश डंगोल, प्रजातन्त्र सेनाली संघका अध्यक्ष उत्तमलाल श्रेष्ठलगायत कार्यकर्ताहरुको सहभागिता थियो । सभामा उपस्थित सवैले स्वर्गिय चित्रकारको तस्विर सामू पुष्प गुच्छ अर्पण गरेका थिए ।
चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षक समेत थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ५६ बजे