९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको रामाहिटी र नारायणटारमा दुई जना मृत फेला




११ पुस ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका ६ रामहिटि नजिक डेरा गरी बस्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ६ तेन्जीङचोक बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका ४ का ५७ बर्षीया निमा शेर्पा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सोलुखुम्बु महाकुलुङ गाउँपालिका ५ घर भएका ५३ वर्षीय नावाङ तेन्जी शेर्पाको कोठामा उनी मृत अवस्थामा भेटिएका थिए ।
साथै काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने धनकुटाको धनकुटा नगरपालिका ६ घर भएका ७८ वर्षीय भक्त बहादुर मगर पनि मृत अवस् थामा भेटिएका छन् । उनी गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी शिवचोक नजिक बाग्मती खोलामा सोमबार मृत अवस्थामा फेला परेका थिए ।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ०५ बजे