१२ पुस ०७९, काठमाडौं । काठमाडौंको नागार्जुन १० स्युचाटारमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार यस ठाँउको एक घरमा छतको फल्स सिलिङ लगाउने क्रममा करेन्ट लागेर सप्तरी घर भई हाल स्युचाटार डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१२ पुस २०७९, मंगलबार
0
Shares
प्रतिक्रिया