६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटनढोकामा राष्ट्रपति भण्डारीको भ्रमणले बृद्ध मनमायाँको व्यापार विथोलिएपछि…




ललितपुर खबर, पाटनढोका
२३ पुस । पाटनढोकाको चौतारामा तरकारी बेच्न बसेकी मनमाया लामा शनिबार साँझ निराश अवस्थामा भेटिइन् ।
शनिबारका दिन । त्यसमाथि राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमणले पाटनढोका दिनभरजसो अवरुद्ध भयो । साझा यातयातमा राष्ट्रपति भण्डारी सपारी हुने हल्लासँगै पाटनढोका भीड लाग्यो । ट्राफिकले गाडी रोक्दा ७० बर्षिय बृद्ध मनमाया सामान बोकेर पाटन ढोका आउन सकिनन् ।
‘तीन दिन भो व्यापार गर्न सामान बोकेर आएको साँवा उठेको छैन । आज त व्यापार नै भएन । अव भोकै परिन्छ जस्तो छ’ बृद्ध मनमायाँले भनिन् ।
बृद्ध मनमायाँ पाटनढोकामा नानीसँग बस्छिन् । आफ्नो कमाईले नानीको समेत खर्च धानेकी मनमायाँ राष्ट्रपतिको भ्रमणले सडक अवरुद्ध हुँदा दुःखी थिइन् । ‘हामीलाई पनि केही पैसा दिए हुन्थ्यो नि राष्ट्रपतिले’ उनले आश गरिन् ।
नातीले पार्टी प्यालेसमा काम गर्न सुरु गरेपछि उनी आजकला केही सझिलो भएको् बताउछिन् । उनी भन्छिन्, ‘नाती बाहेक मेरो कोही सहारा छैनन् । छोरा बुहारी छुट्टै बस्छन् ।’

राष्ट्रपति भण्डारी हाकु पटासीमा सझिएर सुरक्षा व्यवस्थासहित शनिबार अपरान्ह पाटन भ्रमणका लागि आएकी थिइन् । उनले मदन पुरस्कार पुस्तकालय, पाटनढोका, गणेश मन्दिर र पिम्वाहः पुखुः पुगेर भोजन ग्रहण र यहाँको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी लिएकी थिइन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : १७ बजे