६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


धापाखेलको टहरामा एक किशोरी बलत्कृत,युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

ललितपुर
२४ पुस । ललितपुरको धापाखेलको एक टहरामा १७ वर्षीय किशोरीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सिन्धुली फिक्कल गाउँपालिका ६ घर भई ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन् ।
बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र बलत्कार (जबरजस्ती करणी) गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ५४ बजे