१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरकी सासंद डा. तोसिमालाई मन्त्री भएको भन्दै बधाईको ओइरो, भन्छिन्, ‘जानकारी छैन’




ललितपुर खबर
२ माघ । वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि मन्त्री परिषद विस्तारको लागि भागबण्डा मिलेको खबरसँगै ललितपुरकी सासंद डा. तोसिमा कार्कीलाई सामाजिक सञ्जालमा बधाईको दिन थालेका छन् ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरिसकेका छैनन् । डा. तोसिमा कार्कीको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पार्टीले मन्त्री छान्ने अधिकार दिएको छ ।
गृहमन्त्री समेत रहेका अध्यक्ष लामिछानेले विज्ञताका आधारमा मन्त्री छान्ने बताइरहँदा सर्वदलीय बैठकमा स्वास्थ्य र शहरीविकाश सहित एक राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको खबरहरु आइरहेका छन् । यिनै सूचनाका आधारमा सासंद डा. कार्कीलार्इं बधाई दिएका हुन् ।
तर डा. कार्कीले शुभकामना र धन्यवाद दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘तर मन्त्रालय कुन कुन कसलाई र को को भन्ने जानकारी हामीलाई पनि आईसकेको छैन सामाजिक सन्जालमा आएका सुचनाहरु आधिकारिक होईनन् धन्यवाद’

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।