२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरीबाट वालिका हिंसापछि सहमतीपछि क्षतिपूर्ति नदिई परिवारै फरार




ललितपुर खबर, चापागाँउ
२७ पुस । वालिका हिंसाको आरोप पछि क्षतिपूर्ति नतिरी गोदावरी ३ टौखेलबाट मधुकर खत्री र लक्ष्मी दाहाल फरार भएको खुलेको छ ।
प्रहरीका अनुसार गतमंसिर १८ गते प्रहरी कार्यालयमा गोदावरी ३ टौखेलस्थित रमिता महर्जनको घरमा डेरा गरी बस्ने खत्रीले एक वालिकालाई खत्री परिवारले घरमा घरेलु हिंसामा काम लगाएको भन्दै गोदावरी सरोकारले निवेदन दिएको थियो ।
निवेदनपछि प्रहरीको रोहबरमा भएको सहमतीमा वालिकाको परिवारलाई दुई लाख ५० हजार क्षतिपूर्तिको सहमती भएको थियो । सहमती अनुसार खत्रीले एक बैंकको चेक पनि दिएका थिए ।
चेक दिएलगत्तै खत्री परिवार फरार भएको खुलेको छ । सातदोवाटो प्रहरीले नीजको मोवाइल सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।
दुई वर्षदेखि ती बालिकालाई छोरी बनाएर राख्ने र पढाउने भन्दै संरक्षणमा लिएकोमा खत्री परिवारले सहकारीका काम गराएको थियो । तर उनीमाथि खत्री परिवारले हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो । खत्री परिवारले उनलाई पेटभरि खान नदिएको, कुटपिट गरेको र अरुसँग बोल्न नदिएको भन्दै वालिकाले खत्रीको परिवारसँग बस्न नचाहेपछि गोदावरी सरोकारले संरक्षण गरिदिन निवेदन परेको थियो । छलफलपछि प्रहरी कार्यालयले ओरेक नेपाललाई संरक्षण गर्न भन्दै पठाएको थियो । दुई महिना यस संस्थामा बसेर उनी भर्खरै घर फर्केकी छिन् । ललितपुरको गोदावरी १४ ठैव बाट संरक्षणमा रहेकी एक वालिका लिएर एक दम्पती नै फरार भएका हुन् ।
ललितपुरको गोदावरी १४ बाट सिन्धुली तीनपाटन १ घरभएकी सोम रम्तेल र मुना रम्तेलकी ११ बर्षिया छोरी बबिता रम्तेल लिएर गोदावरी ३ टौखेल बस्ने मधुकर खत्री र लक्ष्मी दाहाल फरार भएका हुन् ।
खत्रीमाथि एक १५ बर्षिय वालिकालाई यौन दुव्र्यावहारको आरोप छ । उनी मावन बेचविखनमा संलग्न हुनसक्ने शंकामा प्रहरीले खोजी गरिरहेको छ ।
गत कार्तिकदेखि परिवारको सम्पर्कमा नभएको आमा मुना रम्तेलले बताएकी छिन् । रम्तेल परिवारले खत्री परिवारलाई आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै संरक्षणमा पाल्न दिएका थिए । मेरी छोरीलाई साथी छैन । म पाल्छु भन्दै एक बर्षअघि संरक्षणमा लिएको रम्तेलको भनाई छ ।
गोदावरी सरोकार केन्द्रकी अध्यक्ष बेबी राजभण्डारीले पिडित मुना रम्तेल र सविता विष्टले खोजतलासका लागि निवेदन दिएपछि महानगरिय प्रहरी बृत्त सातदोवाटोमा निवेदन दिएर खोजी गरिरहेको बताइन् ।
महानगरिय प्रहरी बृत्त सातदोवाटोका अनुसार अहिलेसम्म यौन दुव्यावहारको अभियोगमा कुनै निवेदन गरेको छैन ।

 

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ४५ बजे