९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भद्रकालीमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्कियो



काठमाडौं, ९ माघ । काठमाडौं भद्रकाली आकासे पुल नजिकै ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक उदयपुरको रौतामाई गाउँपालिका ७ घर भई हाल भक्तपुर बस्ने टेकराज मगर र पछाडि सवार दोलखाको गौरीशंकर गाउँपालिका २ घर स्थाभी घर भई हाल बालाजु बस्ने २० वर्षीय दिनेश कार्की रहेका प्रहरीले जनाएको छ ।

घाइते दुवैको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते भएका मध्ये कार्कीको अवस्था गम्भीर रहेको छ । बा २ ज ९५ नम्बरको ट्याक्सी र प्रदेश १–५–००१ प ५५२३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे आपसमा ठोक्एिको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : ३३ बजे