१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ज्यान मुद्दाका फरार व्यक्ति नौ वर्षपछि पक्राउ



भक्तपुर, ११ माघ । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

विसं २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको बा ३ च ५३७५ नं को एम्बुलेन्सले बा ४०प ५०७९ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए । प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।