९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापासी र सूर्यबिनायकमा चोरी



काठमाडौं
११ माघ । काठमाडौंको धापासी र सूर्यविनायकमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ५ धापासी श्रीटोल डेरा गरी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका ४ घर भएकी सरस्वती थापाको कोठाबाट ल्यापटप, सुनको विभिन्न गरगहना तथा नगद समेत गरी करिब २ लाख ७७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका ३ बालकोट नयाँ बस्ती डेरा गरी बस्ने ३६ वर्षीया पुजा शर्माको कोठाबाट सुनको गरगहना तथा नगद समेत गरी करिब २ लाख ७४ हजार ८ सय रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ४४ बजे