९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भैसेपाटी सडक विस्तारमा अल्झन, पाइप फुटेपछि सास्ती



धुलाम्मे भैसेपाटी सडक ।

ललितपुर
१४ माघ । भैसेपाटी सडक विस्तारमा फेरि अल्झन आएको छ । स्वास्थ्य राज्य मन्त्री समेत रहेकी डा. तोसिमा कार्कीले पहल गरेर विस्तारको काम अगाडि बढाइए पनि सडक विस्तारको क्रममा खानेपानीको पाइप फुटेपछि सडक हिलाम्मे भएको छ ।
सडक हिलाम्मे भएसँगै यात्रु लड्ने समस्या देखिएको छ । आर्थिक वर्ष ०७३ ७४मा विस्तार सुरु भएको सडक ५ बर्षमा पनि पुरा भएको छैन ।
केही दिनअघि निर्माण् कम्पनीले सडक विस्तारको काम तिबै रुपमा अघि बढाएको भए पनि खानेपानी संस्थानले पाइप मर्मत र नयाँ पाइप नराखेपछि समस्या आएको हो ।
सडकमा दिनानुदिन खाल्टा बढेको र चिप्लो भइ दुर्घटना बढेपछि आज सासंद डा.तोसिमा कार्की प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत प्रहरी प्रमुख केयुकेएल र ठेकेदार प्रतिनिधिसँग बैठक बसेर सडक विस्तारको काम तत्काल सुरु गर्ने सहमती भएको छ ।
सहमती अनुसार आइतबारबाटै पाइप फेर्नेकाम सुरु हुनेछ भने सडक सम्याउने काम गरिनेछ । १ महिनाभित्र प्रगति विवरण सहित फेरि बैठक बस्ने सहमती भएको छ ।
बजेट अभावका कारण पाइप मर्मत नभएकोले काम रोकिएको बुझिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ३० बजे