९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँयो, एक जनाको मृत्यु



काठमाडौं, १६ माघ । काठमाडौं सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो। कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो।

दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। रशुवा गोशाइकुण्ड–६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो। उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। तीन जना घाइते छन्।

दुई जनाको मनमोहन अस्पताल र एक जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ। कलंकीमा उपचाररत एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ३७ बजे