२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लाँकुरी भञ्ज्याङमा नाबालिगसहित दुई जना बलात्कृत



भक्तपुर, १९ माघ । भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा २ जनामाथि बलात्कार भएको छ। मुगुका १५ वर्षीया नाबालिग र अर्की २० वर्षीया युवतीमाथि बलात्कार भएको प्रहरीले जानकारी दिएको छ। भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार बुधबार बेलुका ६ बजेतिर उनीहरुलाई जंगलमा लगेर दुई जनाले बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ। नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका जिल्ला मुगु सोरु गाँउपालिका घई भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ पलासे बस्ने २१ वर्षीय भक्त नेपाली र मुगुकै २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हुम्लाको अदानचुली ३ घर भई भक्तपुर बस्ने १९ वर्षीय गगन परियार पक्राउ परेका छन्।
उनीहरु बलात्कारपछि फरार भएका थिए। उनीहरुलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाएको डीएसपी पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।