१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘नेपाली केटी’ एपबाट बैंक खाता ह्याक, ८ जना पक्राउ



काठमाडौं, २० माघ । बैंक अकाउन्ट ह्याक गरी ठगेको आरोपमा प्रहरीले एक भारतिय नागरिकसहित ८ जनालाई पक्राउ गरेको छ । ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै ठगी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीको अनुसार पक्राउ पर्नेमा भारत बिहार प्रदेशका अवधेश कुमारसहित, पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोेष कुँवर र सप्तरीका दिलीप चौधरी रहेका छन् ।

उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको उनले बताए । ‘सुरुमा एक व्यक्तिको बैंक खाता ह्याक गरी ४ लाख रुपैयाँ विभिन्न व्यक्तिको नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको पाएपछि हामीले अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्,’ उनले भने ।

उनीहरुले २० जना भन्दा धेरैलाई ठगेको हुन सक्ने उनले बताए । ‘अहिले यसरी मोबाइल बैंकिङ्ग एप ह्याक भयो भनेर २० वटा जस्तो उजुरी छ, अझै अन्य पनि थपिने देखिएको छ,’ उनले भने ।

पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।