
ललितपुर, २२ माघ । ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेकी डा.तोसिमाको सत्ता यात्रा २० दिनमै टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यो निर्णय गरेको केही समयपछि रास्वपाबाट मन्त्री र राज्यमन्त्री भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।
पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।
स्वास्थ्य राज्यमन्त्री डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।
राज्यमन्त्री कार्कीको छोटो कार्यकाल विवादै विवादमा प¥यो। वीर अस्पतालमा रिबन काट्दा होस् वा आत्मदाह प्रयास (हाल मृत्यु) गरेका इलामका प्रेम प्रसाद अचार्यलाई भेट्दा आइसीयू प्रोटोकल पालना नगरेको भन्दै उनले आलोचना खेप्नु प¥यो। यस्तै राज्यमन्त्रीको सपथकै दिन घाँटीमा स्टेथेस्कोप लगाएर हिँडेको भन्दै विवादमा पनि आइन्।








प्रतिक्रिया