१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट चोरी अभियोगमा २ जना पक्राउ



काठमाडौं, २४ माघ । काठमाडौंमा चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका २६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका ११ भण्डारीटोल बस्ने सुनसरको इटहरी उपमहानगरपालिका १८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका १० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन्।
गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटना अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ र चोरी गर्न जाँदा प्रयोग गरेका औजारहरूसहित प्रहरीले फेला पारेको छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।