१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकोठीमा तीन तले घरबाट खस्दा आश्राङका मोक्तानको मृत्यु



ललितपुर, २९ माघ । ललितपुरमा घरको तीन तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका २७ सुनाकोठीमा ३५ वर्षीय विशाल मोक्तानको मृत्यु भएको हो। सुनाकोठीस्थित बाबुराज महर्जनको इँटा र माटोले बनेको तीन तले कच्ची घर भत्काउने क्रममा बागमती गाउँपालिका ६ आश्राङका मोक्तानको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

घर भत्काउने क्रममा खसेर इँटा र माटोले पुरिएर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।