८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिमा शिवरात्रीको अवसरमा बाबाहरुको भीड




काठमाडौं
५ फागुन । शिवरात्रीको पुर्वसन्ध्यामा काठमाडौंको पशुपतिनाथ मन्दिरपरिसरमा नागा बाबाहरुको भीड बढेको छ ।
शिवरात्रीका लागि देशका विभिन्न गठमन्दिर र तिर्थस्थलबाट साधुहरु आउने क्रम बढेको छ ।


शिवरात्रीमा आउने आउने जोगी र सन्यासीहरुलाई पशुपति विकाश कोषले बस्ने स्थानसँगै आगो ताप्ने दाउरा भोजन र विदाको समयमा दक्षिण सहित विदा गर्ने चलन छ ।
यहाँ छिमेकी देश भारत,श्रीलंका र बंगलादेशलगायतबाट पशुपतिमा जात्रा भर्न जोगी सन्यासीहरु आइपुग्छन् । यहाँ धुनी जगाएर बसेका साधुहरुसँग चिलिम मागेर गाँजा सर्काउने आगन्तुकहरु पनि उत्तिकै हुन्छन् ।
फाइल तस्विरहरु : ललितपुर खबर

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १२ : १९ बजे