८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बकैयाबाट राष्ट्रपति तिमल्सिना वेपत्ता




१५ फागुन । उत्तरी मकवानपुरको मञ्थली अम्बासबाट राष्ट्रपति तिमल्सिना बेपत्ता भएका छन् ।
मकवानपुर बकैया १० अम्वास बेसीका स्थानिय डम्बरनाथ तिमल्सिनाको जेठो छोरा ४७ बर्षीय तिमल्सिना गतफाल्गुन ०४ गते बिहिबारदेखि बेपत्ता भएका हुन् ।
तिमल्सिनाको आफूहरुले तीब्र रुपमा गरिरहेको उनका ज्वाई दामोदर घिमिरेले बताए । उनले भने, ‘छोरी जानुकाले महानगरिय प्रहरी परिसर हेटौडामा खोजीका लागि निवेदन हालेकी छिन् ।’
प्रहरीलाई उदृत गर्दै घिमिरेले कही कतै नदेखिएको र अनुसन्धान जारी रहेको बताए । तिमल्सिनाको खोजी घरपरिवार र आफन्ततिर गरिए पनि अहिलेसम्म पत्ता नलागेको बताए ।
तिमल्सिना गाँउघरमै बसेर खेती किसानी पेश गर्थे । उनलाई देखे भेटेमा ९७४९८८४०४०/९८४१५७८०९६ नम्बरमा वा प्रहरीमा खबर गर्न परिवार श्रोतले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ५५ बजे