२५ चैत्र । ललितपुर पाटनको चन्द्रसूर्य पुस्तकालयलाई ईलाइब्रेरीको गर्ने भएको छ । विक्रम सम्वत २०२८ सालमा स्थापना भएको ललितपुरको चन्द्रसूर्य पुस्तकालयले स्वर्ण महोत्सवको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार छिट्दै ईलाइब्रेरी सुरु हुनेछ,
पुस्तकालयले शुक्रबार कुटिसौगलमा आयोजित पत्रकार सम्मेलनमो स्थापनाको ५० वर्षको अवसरमा भएका विभिन्न कार्यक्रमको समापन चैत २८ गते गर्ने जानकारी दिएको छ ।
समापन कार्यक्रममा स्थापनाकालदेखि योगदान गरेका व्यक्तिहरू, आर्थिक सहयोग गरेका संस्था एवमं व्यक्ति, स्वर्ण महोत्सवको उपलक्ष्यमा भएका विभिन्न कार्यक्रमहरूका संयोजकहरू लगायतलाई सम्मान गर्ने पुस्तकालयका अध्यक्ष राजेश चित्रकारले जानकारी दिएका छन् ।
समापन कार्यक्रम भोलढोकामा रहेको ज्यापू प्रज्ञा भवनमा हुँदैछ।
गएको वर्षको चैतमा स्वर्ण महोसत्वकाको अवसरमार रक्तदान, निशुल्क स्वास्थ्य शिविर, साहित्य वाचन, साइकल यात्रा, ब्याडमिन्टन प्रतियोगिता, भजन लगायतका कार्यक्रम भइसकेका छन् ।
ललितपुरमा सामुदायिकस्तर स्थापना भएका थुप्रै पुस्तकालयहरूको आयोजनामा ललितपुर जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता जस्ता बौद्धिक विकासका कार्यक्रमहरू हुने गरेको थियो भने पछिल्लो समय धेरै पुस्तकालयहरूको अस्तित्व नै नभइसकेको अवस्थामा चन्द्र सूर्य पुस्तकालय संचालनमा छ ।
२०२८ सालमा स्थानिय समुदायको सक्रियतामा पठन संस्कृति विकास गर्ने उद्धेश्यले स्थापना भएको चन्द्र सूर्य पुस्तकालयले समयको विकास क्रमसँगसँगै शैक्षिक क्षेत्रमा मात्र नभएर सामाजिक, खेलकुद, स्वास्थ्य, धार्मिक लगायतको क्षेत्रमा पनि काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रतिक्रिया